संसद भवनमा यसरी पुगे राष्ट्रपति पौडेल (भिडियो)

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद भवनमा यसरी पुगे राष्ट्रपति पौडेल (भिडियो)

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल बानेश्वरस्थिति संघीय सांसद भवनमा पुगेको छन् । उनी भीभीआईपीलाई दिइने साधारण सुरक्षामा शीतलनिवासबाट निस्किएका हुन् ।

सडक अवरुद्ध नगरी राष्ट्रपति पौडेल संसद् भवन पुगेका छन् । संसद् भवन परिसरमा पुगेपछि भने राष्ट्रपति पौडेलको अघि नेपाली सेनाले कारकेडको व्यवस्था गरेको थियो ।

राष्ट्रिपति पौडेललाई संसद् भवनमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले स्वागत गरे । त्यस्तै नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

विगतमा राष्ट्रपतिको सवारी हुँदा प्रहरीले सडक ठप्प पार्ने गरेको थियो ।

सम्बन्धित समाचार...

राष्ट्रपतिले गरे संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सरकारले फेरि ल्यायो गिटी, बालुवा, ढुंगा निर्यातको योजना

Enter Kantipur TV HD
Advertisement