सहर र राजमार्ग वरपर एक हजार सार्वजनिक शौचालय बनाइने

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
सहर र राजमार्ग वरपर एक हजार सार्वजनिक शौचालय बनाइने

काठमाडौं । सरकारले सहरी तथा राजमार्ग वरपर यात्री, पर्यटक र सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राजमार्गहरुमा सार्वजनिक र निजी साझेदारीमा स्मार्ट रोड साइट स्टेसन निर्माण गर्ने घोषणा गरे ।

त्यस्तै सरकारले तीन तहकै सरकारको समन्वयमा सरसफाई, स्वच्छताको कायर्कक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ । त्यस्तै सरकारले नदीनाला र तथा पानीको श्रोतलाई प्रदूषणमुक्त राख्न फोहोर पानी प्रशोधन प्रणालीको विकास र विस्तार गर्ने भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.