सरकारले फेरि ल्यायो गिटी, बालुवा, ढुंगा निर्यातको योजना

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले फेरि ल्यायो गिटी, बालुवा, ढुंगा निर्यातको योजना

काठमाडौं । सरकारले गिटी, वालुवा ढुंगाको उत्पादन निर्यातको सम्भावना खोज्ने नीति तथा कार्यक्रम ल्याएको छ । यसअघि सरकारले बजेटमा यही नीति राखेकोमा चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो ।

शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा गिटी बालुवा, ढुंगाको व्यवसायिक उत्पादनका लागि कानून निर्माण गरिने बताइएको छ । साथै यसको निर्यातको सम्भावना खोजी गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी सरकारले कषि प्रयोगशालाको स्तरोन्नति गर्ने । खाद्य भण्डारगृहको क्षमता अभिवृद्धि गर्ने । हिमाली क्षेत्रमा आयोडिन युक्त नुन ढुवानी सहज बनाउने र प्रत्येक पालिकाका एक–एकवटा शीत भण्डार स्थापना गर्ने बताएको छ ।

एक वडा, एक सामुहिक खेतीको नारा अघि सार्दै सरकारले युवा लक्षित सहकारीलाई बढावा दिने र जग्गाको चक्लाबन्दीलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ । । नदी उकास जग्गामा भूमिहीन लाई लक्षक्षित गरी फलफूल उत्पादन विद्धि गर्ने नीति कार्यक्रममा बताइएको छ ।

सरकारले रासायनिक मल कारखानाका लागि बहुवर्षीय योजना ल्याइने नीति कार्यक्रममा उल्लेख छ । अर्गानिक कृषिलाई प्रोत्साहन गर्ने र चिया, अलैंची तथा अदुवाको निर्यात प्रवर्धन गर्ने नीति सरकारले अघि सारेको छ । 

सम्बन्धित समाचार...

संसद भवनमा यसरी पुगे राष्ट्रपति पौडेल (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement