अब सरकारी कार्यालयमा विद्युतीय सवारी

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
अब सरकारी कार्यालयमा विद्युतीय सवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएको घोषणा गरेका छन् । उनले आगामी आर्थिक वर्षदेखि सरकारी कार्यालयमा विद्युतीय सवारी खरिदको नीति लिइने बताए ।

शुक्रबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहरी क्षेत्रमा विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्ने पौडेलले बताए ।

डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्ने प्रविधिलाई सरकारले प्राथमिकतामा राख्ने उनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.