सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

काठमाडौं । सरकारले तीन तहका सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने भएको छ ।

आइतबार आर्थिक वर्ष २०८०÷८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषिको उत्पादन र कृषिमा आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताए ।

गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने उनले बताए ।

सम्बन्धित समाचार...

संसद भवनमा यसरी पुगे राष्ट्रपति पौडेल (फोटो फिचर)

सरकारले फेरि ल्यायो गिटी, बालुवा, ढुंगा निर्यातको योजना

Enter Kantipur TV HD
Advertisement