सामाजिक सन्जालको सरोकार : घृणात्मक अभिव्यक्तिले समाज कता लाँदैछ ?

वैशाख १९, २०८० |कान्तिपुर टीभी संवाददाता
सामाजिक सन्जालको सरोकार : घृणात्मक अभिव्यक्तिले समाज कता लाँदैछ ?

काठमाडौं । समाजमा गलत वा झुटलाई पनि चर्को स्वरमा बोल्ने र त्यसैलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्ने प्रवृत्ति मौलाएको छ । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक असन्तुष्टिका आवाज सामाजिक सञ्जालमा छरपस्ट छन् ।

शासन व्यवस्था, पार्टी एवं नेताविरुद्धको निराशाजनक अभिव्यक्ति यसरी उग्र बन्दै छ कि यसले समाजलाई नै दिग्भ्रमित बनाउने हो कि भन्ने चिन्ता सबैमा बढेको छ । विपक्षीको उछितो काढ्ने र घृणात्मक कुरा बोल्ने जमात हौसिएको छ ।

अर्कोतर्फ, समाजले नै भोगिरहेको दुःखलाई कुनै जादुगरले चुट्कीका भरमा कायापलट गर्छ भन्ने भ्रम समाजमा फैलँदो छ । सामाजिक सञ्जालमार्फत कसैलाई देवत्वकरण गर्ने र कसैलाई उछितो काढ्ने प्रवृत्ति व्यापक बनेको छ ।

आर्थिक प्रलोभनमा यु-ट्यूब वा अन्य सामाजिक सञ्जाल जस्ता डिजिटल माध्यममा नकारात्मक र सामाजिक सद्‍भाव बिगार्ने भ्रामक र गलत सामग्रीको सत्यतामाथि नै प्रश्न उठाउन नसक्ने जमात यसबाट झन् बढी प्रभावित छ ।

सामाजिक सञ्जालमा भ्रामक, मिथ्या, घृणात्मक अभिव्यक्तिले समाजलाई कता धकेल्दै छ ? सामाजिक सञ्जाल असामाजिक बन्दै जानुको कारण के ? कतै यसले हाम्रो लोकतान्त्रिक अभ्यास र आचारण-व्यवहारमै त प्रहार गरिरहेको छैन ? डिजिटल प्लेटफर्ममा गलत, मिथ्या, भ्रामक सूचना फैलाउने साइबर समूह कसरी निर्माण हुन्छन् ? यस्ता कार्य गर्नेमाथि के कस्तो दण्ड हुनुपर्छ ? यस्तो दण्डहीनता कहिलेसम्म ?

यिनै विषयमा बहसका लागि हामीले सरोकारमा सञ्चार एवं अधिकारकर्मी, बबिता बस्नेत, नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता, पशपति राय र सूचना प्रविधिको संवैधानिक पक्षबारे बहस गर्दै आएका विज्ञ अधिवक्ता बाबुराम अर्याललाई आमन्त्रण गरेका छौँ ।

सरोकारका अरू भागहरू...

विदेश जानु विद्यार्थीको रहर कि बाध्यता ?

कसले पूरा हुन दिएन शान्तिप्रक्रिया ?

उपत्यकामा यातायातको समस्या

मिटरब्याजीको धम्कीले स्कुल छाड्नु पर्‍यो

उपप्रमुखका गुनासै गुनासा

नेपालको स्वास्थ्य सेवा किन सबै नागरिकको पहुँचमा छैन