टी-ट्वेन्टी विश्वकप छनौटमा नेपाल उपाधि नजिक

ओमानमाथि ३८ रनको जित हात पार्दै तालिकाको शीर्ष स्थानमा, बलिङ र फिल्डिङमा नेपालको उत्कृष्ट प्रदर्शन
आश्विन ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
टी-ट्वेन्टी विश्वकप छनौटमा नेपाल उपाधि नजिक

काठमाडौं ।

आइसीसी टि ट्वान्टी विश्वकप एशीया तथा इस्ट एशीया प्यासिफिक छनौटमा नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । ओमान माथि ३८ रनको जित हात पार्दै नेपाल तालिकाको शीर्ष स्थानमा पुगेको हो । योसंगै विश्वकप पुगिसकेको रोहित पौडेलको टिम उपाधिबाट अब मात्र एक जितले टाढा छ ।

मस्क्टस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । ब्याटिङमा संघर्ष गरेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । 

आसिफ २४ रनमा आउट भए । मिडल अर्डरमा भने नेपालले लगातार विकेट गुमायो । कप्तान रोहित एक, दिपेन्द्र सिंह ऐरी २ र कुशल मल्ल ७ रनमा मैदान बाहिरिए । मल्लले जारी छनौटमा अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । मोहम्मद आदिल आलमले १५ बलमा १६ रन जोडे । 

नेपालको इनिङसमा फेरि एक पटक गुल्सन झाको महत्वपुर्ण योगदान रह्यो । उनले १० बलमा १८ रन जोडेका हुन् । भुर्तेलले ५१ बलमा ६९ रनको योगदान गरे । जारी प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । नदिम खानले ४ , सुफयान महमुद र जितेन रमानान्दीले दुइ दुइ विकेट लिए । नेपालले शानदार बलिङ र फिल्डिङ गरेपछि जवाफमा ओमानले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो । 

ओपनर तथा कप्तान जतिन्दर सिंहलाई सोमापाल कामीले १४ रनमा आउट गरेका थिए । हमाद मिर्जा ४ रनमा नन्दन यादवको बलमा पभेलियन फर्किए । आर्यन बिष्ट ११, नदिम खान १ रनमा मैदान बाहिरिए । अमिर खानलाइ एक दिपेन्द्रले एक रनमा रन आउट गरे । मोहम्मद नदिमले २५ र विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाएका थिए । गुल्सनले तीन तथा सोमपाल र नन्दनले दुई दुई विकेट लिए । संदिप लामिछानेको नाममा एक विकेट रह्यो । नेपालको सुपर सिक्समा यो लगातार तेस्रो जित हो । नेपाल ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । 

 पहिलो हार बेहोरेको ओमानको ६ अंक छ । भोलि सामाओलाई पराजित गरे नेपाल च्याम्पियन बन्ने छ ।सुपर सिक्सको यो खेल अघिनै नेपाल र ओमान दुवैले विश्वकपमा स्थान बनाइसकेका थिए । युएइले सामाओलाई पराजित गरपछि नेपाल र ओमान दुई खेल अगावै विश्वकप पुग्न सफल भएका हुन् । नेपाल तेस्रो पटक विश्वकप पुगेको हो । 

सन २०१४ मा डेब्यु गरेको नेपाल १० वर्षपछि २०२४ मा विश्वकपमा फर्किएको थियो । विश्वकप २०२६ को जनवरी , फेब्रुअरीमा भारत र श्रीलंकामा हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.