नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको छनोट नजिक

आश्विन २९, २०८२ |खेल ब्युरो
नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको छनोट नजिक

काठमाडौं । नेपालको होरा स्पोर्ट्स पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको छनोट नजिक पुगेको छ।

यूएईएमा जारी पब्जी मोवाइल सुपर लिग दक्षिण र सेन्ट्रल एसिया छनोटको फाइनल खेलसम्म सानदार प्रदर्शन गरिरहेको होरा विश्व च्याम्पियनसिप नजिक पुगेको हो।

यसअघि डिआरएस गेमिङले पनि विश्व च्याम्पियनसिप खेलेको छ। नेपाली टिम अहिले छनोटको दोस्रो स्थानमा छ। तीन दिन सञ्चालन हुने फाइनल प्रतियोगिताको दोस्रो दिन हिजो पनि होरा दोस्रो स्थानमा नै थियो। आजको पहिलो राउन्डमा एक र दोस्रो राउन्डमा ६ अंक जोडेको थियो। तेस्रो चरणमा भने दुई अंक बटुल्दै आउट भएको थियो।