भोलिदेखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुँदै

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
भोलिदेखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदै छ ।

परीक्षा भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

त्यसमध्ये छात्र दुई लाख ५३ हजार ७२७ छन् भने छात्रा दुई लाख ५० हजार ७ सय ७२ र १५ जना अन्य सहभागी हुँदै छ ।

यसपालि जापानको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि सहभागी हुँदै छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा परीक्षा दिन बोर्डले आग्रह गरेको छ ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुनेछ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा हरेकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।

यो पनि...

भक्तपुरको आस्था महिला विद्यालयबाट १२ गृहणी एसईईमा सहभागी हुँदै

एसईईको तयारी पूरा, ५ लाख विद्यार्थी सहभागी हुँदै

एसइईमा उत्कृष्ट विद्यार्थीलाई वडाले १ लाख नगद पुरस्कार दिने

यस वर्ष एसईईमा ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदै, विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन सुझाव


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement