काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस कुनैपनि किसिमको आतंकवादको विरुद्धमा रहेको बताएको छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्राकशशरण महतले कांग्रेस आतंकवादको विरुद्धमा रहेको बताउनुभएको हो ।
उहाँले भारत र पाकिस्तानको बीचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताउनु भयो । उहाँले कांग्रेसले आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्ने बताउनुभयो । उहाँले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको बताउनुभयो । कांग्रेस आतंकवादलाई निरुत्साहित गर्नेतर्फ रहेको बताउनुभयो ।
उहाँले आतंकवादलाई कसैले पनि प्रश्रय दिन नहुने बताउनुभयो ।