यस वर्ष एसईईमा ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदै, विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन सुझाव

चैत्र १०, २०८० |नारायण किलम्बू
यस वर्ष एसईईमा ५ लाख ४ हजार विद्यार्थी सहभागी हुँदै, विद्यार्थीलाई मनोवैज्ञानिक दबाब नदिन सुझाव

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईका लागि देशभरका विद्यार्थी तयारीमा जुटेका छन् । यस वर्ष एसईई सहभागी हुने ५ लाख ४ हजार विद्यार्थी आ–आफ्नै हिसावले तयारी गरिरहेका छन् । विद्यालय तहको १० वर्षे मेहनतलाई राम्रो बनाउन शिक्षक र अभिभावकले विद्यार्थीलाई सुझाव दिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले एसईई तयारीमा रहेका विद्यार्थीलाई राम्रो अंक ल्याउने सुझावसहित शुभकामना दिएकी छन् । एसईई परीक्षाका लागि अहिले विद्यार्थीहरु तयारीमा जुटेका छन् । कोही समय तालिका बनाएर शिक्षकले सिकाएका आधारमा नोट पढ्दैछन् त कोही पुराना प्रश्नपत्रमा अभ्यास गरिरहेका छन्।

यसवर्षदेखि कक्षा १० को नयाँ पाठ्यक्रम अनुसार ज्ञान, बोध, प्रयोग र उच्च दक्षताका प्रस्न आउने भएकाले विद्यार्थीले सोही अनुसार तयारी गर्नुपर्ने हुन्छ । यो बेला विद्यार्थीले दैनिक लामो समय अध्ययन गर्ने भएकाले खानपिन र स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्छ । शिक्षकले पढाएका विषय र विगत वर्षका नमूना प्रस्न हेरेर पनि अभ्यास गर्नुपर्ने सुझाव शिक्षकहरुको छ ।

विद्यार्थीले आफूले नबुझेका कुरा साथी तथा अभिभावकसँग सल्लाह लिनुपर्ने अभिभावक सन्तोष शर्माले बताए । परीक्षामा राम्रो अंक ल्याउनका लागि विद्यार्थीले मेहनत गर्नु त स्वभाविक नै हो । तर परीक्षाका कारण विद्यार्थीमा मनोवैज्ञानिक दबाब नपरोस् भन्नेबारे पनि अभिभावकले ध्यान पुर्‍याउनु पर्ने विज्ञको सुझाव छ । 

विस्तृत भिडियोमा :


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।