भारतीय दूतावास अगाडि प्रदर्शन(तस्बिरसहित)

वैशाख २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतीय दूतावास अगाडि प्रदर्शन(तस्बिरसहित)

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावास अगाडि आतंकवादविरुद्ध प्रदर्शन गरेको छ ।

समाजले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रविरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस्, भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.