पाँचथर । प्रश्नपत्र प्रिन्ट नहुँदा पाँचथरको फिदिमस्थित गडी माध्यामिक विद्यालयमा कक्षा १२ को परिक्षा २५ मिनेट ढिलागरी सुरू भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयबाट इमेलमा आएको प्रश्नपत्र प्रिन्ट गर्न खोज्दा प्रिन्टरले काम नगरेपछि त्यहाँ परिक्षा सुरु गर्न ढिलाई भएको केन्द्राध्यक्ष मानधोज थाम्सुहाङले जानकारी दिनुभयो ।
कार्टेजको मसी सकिएका कारण प्रश्नपत्र समयमै प्रिन्ट हुन नसक्दा निर्धारित समयमा परिक्षा सुरू गर्न कठिनाई भएको उहाँको भनाई छ ।
आइतबार सुरू भएको कक्षा १२को परिक्षाका लागि जिल्लामा १० वटा परिक्षा केन्द्र तोकिएका छन । बाँकी ९ वटामा विहान ८ वजे निर्धारित समयमै परिक्षा सुरू भएको र शान्तिपुर्ण ढंगले सञ्चालन भइरहेको वताइएको छ ।
यसवर्षको जिल्लाबाट परीक्षामा २ हजार ४ सय विद्यार्थी सहभागी हुँदैछन ।