झापा । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन ।
झापाको बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् ।
आफू सुत्ने कोठाको पंखामा झुन्डिएर उनले आत्महत्या गरेको जनाइएको छ । मृतक बस्नेत विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थामा कार्यरत थिए ।
जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, एकका लागि एक अभियानका सहसंयोजक, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव रहेका थिए ।
उनी सयपत्री ट्रेड लिंक मोटरसाइकल विक्रेताका सञ्चालक समेत हुन् । बस्नेतकी श्रीमती र एक छोरी रहेका छन् ।