परीक्षा अगावै प्रश्नपत्र लिक गर्ने साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षमाथि कारबाही

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
परीक्षा अगावै प्रश्नपत्र लिक गर्ने साइपल एकेडेमीका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षमाथि कारबाही

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले काठमाडौंको साइपल एकेडेमी सुकेधाराका केन्द्राध्यक्ष गणेश जोशी र सहकेन्द्राध्यक्ष सन्जय खतिवडालाई परीक्षा मर्यादा विपरीत कार्य गरेको भन्दै कारबाही गरेको छ । कक्षा १२ को आजको होटल म्यानेन्जमेन्ट विषयमा परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएपछि जोशी र खतिवडालाई जिम्मेवारीबाट हटाई नयाँ केन्द्राध्यक्ष र सह केन्द्राध्यक्ष नियुक्त गरिएको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले जानकारी दिनुभएको छ ।

केन्द्राध्यक्ष जोशी र सहकेन्द्राध्यक्ष खतिवडालाई प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान भइरहेको परीक्षा बोर्डले जनाएको छ । उनीहरूले विद्यार्थी प्रयोग गरी परीक्षा अगाडि नै प्रश्नपत्र फोटो खिचेर आफ्नो विद्यालयका विद्यार्थीकोमा पठाएको बोर्डले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.