एसईई : मुगुमा ७ परीक्षा केन्द्रबाट १४ सय विद्यार्थी परीक्षामा सामेल

चैत्र १७, २०७९ |राजबहादुर शाही
एसईई : मुगुमा ७ परीक्षा केन्द्रबाट १४ सय विद्यार्थी परीक्षामा सामेल

मुगु । मुगु जिल्लामा यस वर्ष १ हजार ४ सय ६६ जना परीक्षार्थी एसईईमा सहभागी भएका छन् । 

नियमिततर्फ १ हजार ४ सय ४५ जना र ग्रेड वृद्धितर्फ २१ जना गरी कुल १ हजार ४ सय ६६ जना एसईईमा  सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सूर्यबहादुर खत्रीले जानकारी दिए । एसईईका लागि जिल्लाका चार वटै स्थानीय तहमा ७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनको भनाइ छ ।

शुक्रबार बिहान ८ बजे देखि सुरु भएको एसईईको लागि शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले केन्द्राध्यक्ष २१ जना, निरीक्षक ८४ जना, सहायक केन्द्राध्यक्ष ११ जना परीक्षा सहायक १८ जना कार्यालय सहयोगी ३३ जना र सुरक्षाकर्मी १०५ जना खटिएको शिक्षा विकास तथा समन्वय इकाई मुगुले जनाएको छ ।

गत वर्षको एसईईको तुलनामा यस वर्ष परीक्षार्थीको संख्या वृद्धि भएको पाइएको छ । गत वर्ष ९ सय ७३ जनाले एसईई दिएकोमा यस वर्ष १ हजार ४ सय ६६ जना परीक्षार्थी एसईईमा सहभागी भएका छन् । 

गत वर्षको तुलनामा यसपटक परीक्षा दिनेको संख्या ४ सय ९३ बढी देखिएका छन् ।

समबन्धित समाचार...

हुम्लाका ६ परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ विद्यार्थी एसईईमा सहभागी

यस्तो छ एसईईको परीक्षा तालिका

यस्ता छन् एसईई परीक्षार्थीलाई एसएलसी टपरका सुझाव !

एसईईका लागि २०३७ केन्द्र तोकिए, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।