
बागलुङ । बाढीले क्षति बनाएको पर्वत-बागलुङ जोड्ने मालढुङ्गास्थित कालीगण्डकी नदीमाथिको मोटरेबल पुल निर्माण थालिएको छ ।
पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गतको यो सडकमा रहेको पक्की पुल असोज ११ गते आएको कालीगण्डकी नदीमा आएको बाढीले क्षेतीग्रस्त पुर्याउँदा यही पुलमार्फत बागलुङ जिल्लाका साथै पश्चिम रुकुम र जाजरकोटसम्म आवागमन ठप्प बनेको छ ।
नदीले पर्वततर्फको पुलसँगै जोडिएको भागमा २२ मिटर लम्बाई र ८ मिटरसम्म वाल फिलिङ गहिरो कटान गरेको थियो । अहिले सवारी सञ्चालन गर्नको लागि नदीको बहावलाई परिवर्तन गरी दुई मिटर ग्याविन लगाएर फिलिङ्ग गरिन लागिएको छ ।
पुल निर्माण कार्य २४ सै घन्टा तीन चरणमा काम गरिएको छ । आगामी एक हप्ताभित्र अस्थायी रुपमा पुल निर्माण गरी सवारी साधन सञ्चालन गरिने तयारी सडक डिभिजन पोखरा कार्यालयले जनाएको छ ।
जुन असोज ११ गते आएको अविरल वर्षाको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोडने कालीगण्डकी नदीमाथिको मालढुङ्गास्थित पुलमा कालीगण्डकी नदीले क्षति पुर्याएको थियो । अहिले यो सडक अन्तर्गत मालढुङ्गा पुलमा निर्माण कार्य तीव्र रुपमा सञ्चालन भइरहेको छ ।
यो सडक डिभिजन कार्यालय पोखराले निर्माण कार्य तदारुकताका साथ अगाडि बढाएको छ । अहिले अस्थायी रुपमा यो पुलका निर्माण कार्य तदारुकताका साथ अगाडि बढी रहेको छ भने एक हप्तामा आवातजावत गर्न सकिने गरी व्यवस्था गरिने उनले जानकारी गराए । अहिले यो पुलमा आवातजावत रोकिँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यपहाडी लोकमार्गको वैकल्पिकको रुपमा बागलुङ खण्डअन्तर्गत मालढुङ्गा हुँदै कालाखोलासँगै पर्वत निस्कने गरी व्यवस्था मिलाइएको छ ।