एसईई आजबाट सुरु, ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

चैत्र १७, २०७९ |कान्तिपुर टीभी संवाददाता
एसईई आजबाट सुरु, ४ लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) बाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज बिहान ८ बजे सुरु हुने एसईईमा ४ लाख पचासी हजार ३ सय छयानब्बे विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि २ हजार सैँतिस केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । प्रश्न-पत्र र उत्तर-पुस्तिका सहितका सामग्रीहरू सबै परीक्षा केन्द्रमा पुर्‍याइसकिएको बोर्डले जनाएको छ ।

एसईईमा सहभागी हुने विद्यार्थीमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वाग्मतीमा १ लाख २ हजार परीक्षार्थीले ४ सय ३४ केन्द्रबाट परीक्षा दिँदै छन् । त्यसै गरी सबैभन्दा कम कर्णाली प्रदेशमा ३८ हजार ६ सय ८ विद्यार्थीले १ सय ७९ केन्द्रबाट परीक्षा दिँदै छन् ।

परीक्षा २९ गते सकिनेछ ।

समबन्धित समाचार...

हुम्लाका ६ परीक्षा केन्द्रबाट १ हजार २ सय ३४ विद्यार्थी एसईईमा सहभागी

यस्तो छ एसईईको परीक्षा तालिका

यस्ता छन् एसईई परीक्षार्थीलाई एसएलसी टपरका सुझाव !

एसईईका लागि २०३७ केन्द्र तोकिए, ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.