प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेटवार्ता

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि भेटवार्ता भएको छ ।

शनिबार कांग्रस सभापति शेरबहादुर देउवाले ओलीलाई उहाँकै निवास बालकोट पुगेरै भेटेपछि राजनीतिक समीकरण नै परिवर्तन हुने आशंकाका बीच आज फेरि दाहाल-ओलीबीच भेट भएको हो ।

हिजो पनि सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटकै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिनु भएको थियो ।

झण्डै डेढघण्टासम्म चलेको उक्त भेटमा समसामयिक विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो । 

भेटघाट बाक्लिएसँगै नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । गठबन्धन दलहरुको बैठक पनि बस्ने नेताहरुले बताएका छन् तर आजै मन्त्रिपरिषद् बैठक पनि बस्ने भएकाले त्यसअघि गठबन्धनको बैठक गर्ने कि मन्त्रिपरिषद् सकेर बैठक गर्ने तय भइसकेको छैन ।

अर्कातर्फ नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके मानिएका बेचन झा पक्राउको घटनालाई पनि राजनीतिक वृत्तमा तरंग पैदा भएको अर्थमा बुझिएको छ ।

एमाले सचिवालयले भने बालुवाटारमा भएको दुई नेताबीचको भेटमा जनमत र नाउपालालाई सरकारमा सहभागि गराउने र नियुक्तीका विषयमा कुराकानी हुने बताएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement