
काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधि सभाको जारी बजेटमाथि छलफल भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले नाराबाजी गर्नुको कुनै आधार नभएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बागलुङले मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले रास्वपाको हटको कारण संसद्मा अहिले यो अवस्था आएको बताउनुभयो । उहाँले अवको एक-दुई दिनमा उहाँहरूले आफै हट छाड्ने दाबी समेत गर्नुभयो ।
उहाँले नेपाली नागरिकलाई समृद्धि बनाउने बाटो खोज्नुपर्ने बताउनुभयो । आर्थिक रूपान्तरण गरी देशको विकास गर्न लाग्नुपर्ने बताउनुभएको छ । आर्थिक विकास भए मात्र देश अगाडी बढने उहाँको भनाई छ ।
संघिय, प्रदेश र स्थानीय सरकारले दिर्घकालीन योजनाका साथ काम गर्न सक्ने हो भने छिटै विकासले गति लिने बताउनुभएको छ । उहाँले बजेटलाई सुधार गर्दै जानुपर्ने समेत बताउनुभयो ।
कनिका छरे जसरी बजेट छरेर नहुने उहाँको भनाइ छ । महत्वपुर्ण दिर्घकालिन योजनालाई समेटिएर देशको साधन स्रोतको उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।