नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीचको संवादले आशाको सञ्चार गरेको कांग्रेस सांसदको भनाइ

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीचको संवादले आशाको सञ्चार गरेको कांग्रेस सांसदको भनाइ

काठमाडौं । सत्ता समीकरण हेरफेरका लागि मुख्य दलहरुबीच भैरहेको प्रयासले संसद्‍मा पनि तरंग सिर्जना गरेको छ । नेपाली कांग्रेसका सांसदहरुले सकारात्मक संकेत भनेका छन् भने माओवादी केन्द्रका सांसदले समीकरण बदलिने आशंकामा सत्यता नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर कांग्रेस सांसद दीपक गिरीले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच सुरु भएको संवादले आशाको सञ्चार गरेको बताउनु भयो । गिरीले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनका लागि यी दुई ठूला दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । निर्वाचन प्रणालीमा सुधारलगायतका विषयमा संशोधन आवश्यक रहेको उहाँको भनाइ छ ।

सांसद गिरीले दुई ठूला दलबीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गर्नुभयो । तर सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता समीकरण तत्काल उलटपुलट नहुने बताउनुभयो ।

शीर्ष नेताहरुबीच संवाद हुनुलाई भने सकारात्मक रुपमा लिनुपर्ने र त्यो देशको अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.