महोत्तरी । महोतरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोलाई कार्यालय प्रवेशमा अवरोध गरिएको छ । मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे पुग्नुभएकी उपप्रमुख महतोलाई नगर प्रहरीले कार्यालय प्रवेशमा रोकेका हुन् ।
उपप्रमुख महतोले समाजिक सञ्चालमा भिडिओ राखी नगर प्रहरीले ‘माथिको आदेश’ भन्दै कार्यालय प्रवेश गर्न नदिएको र आफूसँग अन्याय भएको बताउनुभएको छ ।
आइतबार उपप्रमुख महतोले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेटाएपछि दर्ता तथा चलानी किताब खोसेको भन्दै समाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । सोही विषयलाई लिएर नगर प्रवेशमा रोक लगाएको उपप्रमुख महतोको भनाइ छ ।