चितवन । पहिरो खसेपछि चितवनको नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ ।
दिउँसो सवा १२ बजेको समयमा इच्छाकामना-५ तुइन खोला भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
अहिले पहिरो हटाउन प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । गएराती पानी परेपछि मंगलबार सुख्खा पहिरो खसेको हो । पहिरो हटाउन कम्तीमा २ घन्टा लाग्ने बताइएको छ ।