जसपा नेपालको महाधिवेशन : प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेस यथास्थितिवादी

जेष्ठ २९, २०८१ |अमरकान्त ठाकुर
जसपा नेपालको महाधिवेशन : प्रधानमन्त्रीको चर्को आलोचना, कांग्रेस यथास्थितिवादी

धनुषा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको एकताको पहिलो राष्ट्रिय महाधिवेशन जनकपुरधाममा जारी छ ।

महाधिवेशनअन्तर्गत बन्द सत्रमा अध्यक्ष यादवले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भएको छ । महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालको चर्को आलोचना भएको छ ।

जसपाको जनकपुरमा जारी महाधिवेशनमा प्रस्तुत राजनीति प्रतिवेदन माओवादी अध्यक्षसमेत रहनुभएका प्रधामन्त्री पुष्पकमल दाहालमाथि निकै आक्रमक छ । आफ्नो पार्टी विभाजनमा प्रधामन्त्री दाहालले भूमिका खेलेको आरोप पनि जसपा नेपालको छ ।

जसपाले महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सत्तारुढ नेकपा एमालेको पनि चर्को आलोचना गरिएको छ भने कांग्रेसलाई यथास्थितिवादी भनिएको छ ।

संघीय संसद्‌मा विभाजन भोगेलगत्तै जनकपुरमा जारी महाधिवेशनमार्फत उपेन्द्र यादवले आफू नै मधेसको शक्ति भएको सन्देश दिन खोजेको देखिन्छ । तर आगामी दिनमा पार्टी सञ्चालन कसरी गर्नुहुन्छ र जनतामा आफ्ना मुद्दा कसरी स्थापित गर्नुहुन्छ त्यसले यादव नेतृत्वको जसपा नेपालको भविष्य निर्धारण गर्ने पक्का छ ।

यो पनि...

खुम्चिँदै उपेन्द्र यादवको राजनीतिक यात्रा

हेर्नुहोस् अमरकान्त ठाकुरका थप स्टोरी ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement