संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रियसभाको सदस्यमा अञ्जान शाक्यलाई मनोनीत गर्न सिफारिस
चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकले वैशाख २ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अब बर्खे अधिवेशनको तयारीमा लाग्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यो अधिवेशन माघ २२ गतेदेखि सुरु भएको थियो ।

बैठकले राष्ट्रियसभाको रिक्त एक सदस्यमा अन्जान शाक्यलाई मनोनीत गर्न सिफारिससमेत गरेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले तीनजना मनोनीत गर्ने संवैधानिक व्यवस्था छ । अहिले राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्य पद रिक्त छ । त्यही ठाउँमा शाक्यको नाम सिफारिस गरिएको हो ।

यस्तै मन्त्रीपरिषद्को बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेलसहित पूर्वसचिव अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् ।

यस्तै सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सिंहदरबारमै छलफल गरेका थिए ।

यो पनि...

संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सरकारको सिफारिस

एमालेकी अञ्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस

कांग्रेसले सदन रोकेपछि अन्त्य गर्नुपर्ने अवस्था आयो : केपी ओली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement