संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सरकारको सिफारिस

चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
संसद्‍को हिउँदे अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement