एमालेकी अञ्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस

चैत्र ३०, २०८० |कान्तिपुर टीभी संवाददाता
एमालेकी अञ्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.