एनसेलको सेयर खरिद-बिक्रीमा ठूलो आर्थिक चलखेल देखियो : प्रधानमन्त्री दाहाल

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
एनसेलको सेयर खरिद-बिक्रीमा ठूलो आर्थिक चलखेल देखियो : प्रधानमन्त्री दाहाल

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर खरिद-बिक्रीमा ठूलो आर्थिक चलखेल गर्न खोजिएको भन्दै त्यसो हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

कैलालीको धनगढीमा आज (शुक्रबार) सुदूरपश्चिम महोत्सव उद्घाटन समारोहमा उनले हिजोको मन्त्रिपरिषद् बैठकले एनसेलका विषयमा छानिबन र अध्ययन समिति गठन गरिसकेको र छिटै यथार्थ बाहिर आउने बताए । नेपाल सरकारको स्वामित्वमा आउन नदिन आफू दुबई भ्रमणमा भएकै बेला एनसेल खरिद-बिक्रीमा चलखेल भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहललले मुलुकको अर्थतन्त्र सन्तोषजनक नभए पनि सुधारका संकेत देखिएको र छिटै लयमा फर्किने दाबी गरे । प्रधानमन्त्री दाहालले भारतसँग पञ्चेश्वर परियोजना अघि बढाउने सहमति भइसकेको जनाउँदै केही दिनभित्र त्यसको डीपीआर घोषणा हुने जानकारी दिए ।

कैलालीको गेटामा ६ सय शय्याको शिक्षण अस्पतालसहित देशकै पहिलो चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने पनि उनले घोषणा गरे । प्रधानमन्त्रीले आगामी क्याबिनेटको बैठकबाट फाप्लालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने पनि आश्वासन दिए ।

कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाहबारे पनि भारतसँग ठोस सहमति भइसकेकाले आवश्यक कार्य अघि बढिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

यो पनि...

एनसेलको सेयर खरिद-बिक्रीबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री

एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.