एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव

मंसिर २२, २०८० |कान्तिपुर टीभी संवाददाता
एनसेल सेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छ : अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको दाबी गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शुक्रबार उनले विगतमा पनि सरकारले एनसेलले अर्बौं रुपैयाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नभएको धारणा राखे । उनले यस प्रकरणमा आवश्यक छानबिन गर्नुपर्ने भन्दै देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको जनाए । उनले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको पनि जिकिर गरे ।

‘एकपटक सुनिएको थियो एनसेलको अर्बौंको कर मिनाहा गर्‍यो सरकारले । त्यतिबेला कुरा उठ्यो तर चासो कसैको अगाडि बढेन । एनसेल प्रकरणमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको जस्तो देखिन्छ पटक-पटक,’ अध्यक्ष यादवले भने, ‘देशमा सुशासनको अवस्था अत्यन्त नाजुक छ । आफूले भोगेको अहिलेसम्म हेरेकामा यत्तिको सुशासन बिग्रिएको अनुभव मैले कहिल्यै गरेको थिइनँ जुन अहिलेको अवस्थामा म देख्दै छु ।’

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टालगायत कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने धारणा राखे । उनले यस्ता काममा सेनालाई नलगाई पेसागत काम मात्रै गर्न लगाउनुपर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement