केपी ओलीको प्रतिक्रिया : सरकारको नीति कार्यक्रम कर्मकाण्डी

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
केपी ओलीको प्रतिक्रिया : सरकारको नीति कार्यक्रम कर्मकाण्डी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएका छन् ।

संसदमा राष्ट्रपतिले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि कान्तिपुर टेलिभिजनसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले सरकारको नीति कार्यक्रम कर्मकाण्डी भएको बताएका हुन् ।

सरकारको नीति कार्यक्रमबारे आफूले सोमबार संसदमा बोल्ने ओलीले जानकारी दिए ।

यसअघि ओलीले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा जेठ ४ गते संसदमा बोल्ने बताएका थिए । तर, डाइरियाका कारण अस्वस्थ भएकाले उनले संसदमा बोल्न बाँकी छ ।

अब सोमबार ओलीले नक्कली शरणार्थी प्रकरणका साथै सरकारको नीति कार्यक्रमबारे आफ्नो धारणा राख्न लागेका हुन् ।   

थप समाचार...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

फरार भनिएकी मञ्‍जु खाण ‘संसद्‌मा हाजिर’

गृहमन्त्रीलाई भेट्न रवि लामिछानेको टोली सिंहदरबारमा

Enter Kantipur TV HD
Advertisement