फरार भनिएकी मञ्‍जु खाण ‘संसद्‌मा हाजिर’

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
फरार भनिएकी मञ्‍जु खाण ‘संसद्‌मा हाजिर’

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले फरार रहेको आरोप खेप्दै आएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संसदमा उपस्थित भएकी छन् ।

सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा सांसद खाण उपस्थित रहेको संसद् सचिवालय स्रोतले पुष्टि गरेको छ । स्रोतले कान्तिपुर टीभीसँग भन्यो, ‘माननीयज्यू आज सांसदमा उपस्थित हुनुहुन्छ । उहाँले हाजिर गर्नुभएको छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दैछन् ।

शरणार्थी प्रकरणमा मञ्जु खाणका श्रीमान् बालकृष्ण खाण प्रक्राउ परेपछि उनी फरार रहेको आरोप लाग्दै आएको थियो ।

सम्बन्धित समाचार...

‘आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन’

नक्कली शरणार्थी प्रकरणमा थप ७ जना अनुसन्धानमा तानिँदै, आरजु राणा र मञ्जु खाँणको अडियो प्रहरीलाई प्राप्त

आरजु राणा र मञ्जु खाणको विषयमा मिडिया ट्रायल भयो : प्रकाशशरण महत


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement