गृहमन्त्रीलाई भेट्न रवि लामिछानेको टोली सिंहदरबारमा

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
गृहमन्त्रीलाई भेट्न रवि लामिछानेको टोली सिंहदरबारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसद्को टोलीसहित गृह मन्त्रालयमा पुगेर उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद् आउनुभएको थियो,’ गृहमन्त्रालय स्रोतले कान्तिपुर टेलिभिजनसँग भन्यो, ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानमा साथ रहेको सभापति लामिछानेले बताउनुभयो ।’

लामिछानेले गृहमन्त्री श्रेष्ठसँग सरकारले संसद्‍मा भ्रष्टाचारविरुद्ध संकल्प प्रस्ताव दर्ता गराउनुपर्ने माग गरेका थिए ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भ्रष्टाचारविरुद्ध कारबाही अघि बढाएकोमा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिएको स्रोतले बतायो । रविले भ्रष्टाचारविरुद्ध गृहमन्त्रीलाई ‘संकल्प प्रस्ताव’ बुझाएका छन् ।

भेटका क्रममा रास्वपा सांसद स्वर्णिम वाग्लेले ‘गोर्खालीले गोर्खाली न्याय दिने बेला आएको’ बताएका थिए । गोरखा निवासी सांसद वाग्लेको संकेत गोरखाबाट प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र गृहमन्त्रीतर्फ थियो ।

यसैवीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि भएको कारवाहीविरुद्ध सर्वोच्च अदालतमा दिएको रिट आज पेशीमा चढे पनि निर्णय हुन सकेन ।

न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको यो रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सिन्हा र सुवेदीको बेञ्चबाट एउटा मुद्दा मात्रै हेरेर तेस्रो नम्बरमा परेको ढाकाकुमारको रिट हेर्न नभ्याइने सूचीमा परेको हो । 

यो पनि...

फरार भनिएकी मञ्‍जु खाण ‘संसद्‌मा हाजिर’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement