वाग्मती प्रदेशमा पनि मन्त्रालयको संख्या घटाइयो, आज मन्त्रिपरिषद् विस्तारको तयारी

माघ ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
वाग्मती प्रदेशमा पनि मन्त्रालयको संख्या घटाइयो, आज मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । वाग्मती प्रदेशमा पनि मन्त्रालयको संख्या घटाइएको छ । हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय भएको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।

यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा वाग्मती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो ।

आज (बुधबार) अपराह्नसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री जम्कट्टेलको अध्यक्षतामा यही पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।

एमाले नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाका उद्धव थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सबै प्रदेशमा मन्त्रालयको संख्या घटाएर राज्यको आर्थिक भार कटौती गर्ने उद्घोष गरेका थिए । जसअनुसार गण्डकी, कर्णाली प्रदेशलगायतले मन्त्रायलको संख्या घटाउने निर्णय गरेका छन् । 

थप समाचार...

वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.