वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

माघ ३, २०७९ |सुजन पुडासैनी
वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको मंगलबार बसेको बैठकमा मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् । उनलाई प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेससहित सत्तारुढघटक नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीका सासंदहरुले विश्वासको मत दिएका हुन् ।

प्रदेशसभामा तीन सिट रहेको नेपाल मजदुर किसान पार्टीले भने मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएन । नेमकिपा प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बनेको छ । प्रदेशसभाको बैठकमा उपस्थित एक सय नौ सासंदमध्ये एक सय पाँचजनाले उनलाई विश्वासको मत दिएका हुन् ।

सभामुखले मतदान गरेनन् । एकजना सांसद अनुपस्थित भए । मुख्यमन्त्री जमकट्टेल गत पुस २५ गते ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।