वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

पुस २६, २०७९ |सुजन पुडासैनी
वाग्मतीका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ

मकवानपुर । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् ।

शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ । प्रदेश मन्त्रीमा नियुक्त जगन्नाथ थपलिया र उद्धव थापाले पनि शपथ लिएका छन् ।

एमाले नेता थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाका थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

जमकट्टेललाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम हिजो प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री जमकट्टेल ५ दलका ७० सासंदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

जमकट्टेललाई माओवादी केन्द्रका २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको साथ छ । 

सत्ता साझेदार दलबीच भएको सहमतिअनुसार माओवादीको भागमा वाग्मती प्रदेश परेपछि उनी मुख्यमन्त्री बनेका हुन् । वाग्मतीमा पाँच वर्षको पूरै कार्यकाल माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । 


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement