वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

पुस २५, २०७९ |सुजन पुडासैनी
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

हेटौंडा । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् ।

वाग्मती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, हाम्रो नेपाल पार्टीका ७० सांसदको हस्ताक्षरसहित माओवादीका संसदीय दलका नेता शालिकराम मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका २ गरी ७० प्रदेशसभा सदस्यले शालिकरामलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुख शर्मालाई दाबी पत्र बुझाएका थिए ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा शालिकराम मुख्यमन्त्री बनेका हुन् । उनी धादिङ निर्वाचन क्षेत्र १ (२) बाट निर्वाचित भएका थिए ।


Image

सुजन पुडासैनी

पुडासैनी मकवानपुरस्थित कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।