ओली–दाहालको सहयात्रा : दाहालले सरकार चलाउने, ओली निगरानी गर्ने

पुस १५, २०७९ |दशरथ राई|पर्वतराज घिमिरे
ओली–दाहालको सहयात्रा : दाहालले सरकार चलाउने, ओली निगरानी गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सञ्चालन गर्ने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको निगरानी गर्ने उच्च स्तरीय राजनीतिक संयन्त्रको जिम्मा लिएसँगै दुई नेताबीच शक्ति टकराब देखिने आँकलन गर्न थालिएको छ । ओली र दाहालबीचको राजनीतिक विगतलाई हेर्ने हो भने सहकार्यको स्थायित्वमाथि श‌ंका गर्ने ठाउँ छ । 

एमालेले एक्लै बहुमत ल्याउँछ, प्रचण्ड र माधवसँग सहकार्य हुँदैन : ओली

२०७५ सालमा तत्कालीन नेकपा हुँदा अध्यक्ष रहेका ओली र दाहालबीच शक्ति सन्तुलनमा कुरा नमिल्दा साढे तीन वर्षमा सरकार ढल्यो भने पार्टीसमेत पुरानै अवस्थामा फर्कियो । त्यसयता दुई किनारमा पुगेका ओली र दाहाललाई फेरि २०७९ सालको निर्वाचनले जोडेको मात्र छैन, एकै ठाउँमा ल्याइदिएको छ । 

संसद्को सबभन्दा ठुलो दल नेपाली कांग्रेस किनार लागेको छ भने दोस्रो दल एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका छन् भने ओली दाहालको संरक्षक बनेका छन् । दुवैतर्फका नेताहरू भने सरकार समर्थक  सातदलबीच सुरुका दिनदेखि नै प्याकेजमा सहमति गर्ने भनिए पनि शक्ति बाँडफाडको एजेन्डालाई लिएर कुराअघि बढाउन सकेका छैनन् । अर्कोतर्फ दाहालपछि बरीयतामा 'को' दोस्रो भन्नेलाई लिएर उपप्रधान तथा भौतिक मन्त्री  नारायणकाजी श्रेष्ठले बरीयताको विषय उठाएर असन्तुष्टि जनाइरहेका छन् ।

शक्ति दम्भका कारण फुटेको ओली र दाहालको राजनीतिक यात्रा यस पटक पनि निकै जोखिमपूर्ण 

पाँच वर्षिय सरकारको कार्यकालको नेतृत्व आधा-आधा गर्ने र अन्य लाभका पदहरू आपसी सहमतिमा टुङगो लगाउने भनेका माओवादी केन्द्र र एमालेबीच यसअघि नेकपा हुँदा ओलीले दोस्रो प्रधानमन्त्रीको नेतृत्व दाहाललाई नदिँदा सरकार र पार्टी नै विभाजन हुन पुगेको थियो । तर विगतको गल्तीलाई मनन गरेका दुवै दलका नेता भने यस पटक गल्ती दोहोर्‍याउने पक्षमा देखिँदैनन् ।

नेकपा कालमा पनि शक्ति दम्भका कारण फुटेको ओली र दाहालको राजनीतिक यात्रा यस पटक पनि निकै जोखिमपूर्ण देखिन्छ भने लाभका पदहरू विभाजन गर्न दुवैलाई त्यति सहज भने देखिँदैन । 

 प्रधानममन्त्री पद लिएर ढुक्क परेका दाहालले के अन्य राजकीय पदहरू राष्ट्रपति, उपराष्ट्रपति लगायत सभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष छोड्न तयार भएका हुन् त ? 

नेकपा कालमा आफ्नै अध्यक्ष ओलीको विरोधमा उत्रिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको साँचो १७ महिना बुझाएको दाहालसँगको ओलीको सहयात्रा अब कसरी बढ्छ निकै चासोका हेरिएको छ । तर सरकार गठनको लागि दुई घण्टामा सबै काम पुरा गरेका ओली र दाहालको यात्रा अघिल्लो नेकपाकै नियतिमा पुग्छ कि सहज बन्छ त्यसका लागि भने दुबैलाई चुनौती उत्तिकै छ ।

सम्बन्धित समाचार...

ओलीलाई दाहालको चुनौती– फेरि एकचोटि प्रधानमन्त्री भएर देखाउनोस्

लाजै नमानी कटाक्ष, यस्ता छन् ओली-दाहालका कटुवाणी


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।

Image

पर्वतराज घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement