काठमाडौं । राजनीतिमा असम्भव केही हुन्न र कोही पनि दीर्घकालीन शत्रु वा मित्र हुँदैनन् भन्ने गरिन्छ । त्यसका उदाहरण हुन् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।
दुई वर्षअघि पुस ५ गते संसद विघटनपछि यी दुई नेताले एक-अर्कालाई उछितो मात्रै काढेनन्, पानी बाराबारकै सम्बन्ध रह्यो । एक-अर्काको शक्ति क्षीण गर्न कुनै कसर बाँकी नराखेका दुई अध्यक्षलाई आज फेरि एकै ठाउँमा उभ्याएको छ। हेरौं, दाहाल र ओलीबीचका विगतमा भएका कटाक्षका केही अंश ।