जथाभावी लुगा सुकाउँदा कुरुप देखिएको पशुपतिनाथ मन्दिर परिसर

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जथाभावी लुगा सुकाउँदा कुरुप देखिएको पशुपतिनाथ मन्दिर परिसर

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर परिसरमा जथाभावी लुगा सुकाउने र फोहोर गर्नाले कुरुप बन्दै गएको छ ।

दर्शनार्थी तथा मन्दिर आसपासको क्षेत्रमा बसोबास गर्नेले लुगा धुएर सुकाउँदा र फोहोर गर्नाले पशुपति क्षेत्र नै कुरुप बन्न थालेको हो ।

दैनिक हजारौं तिर्थयात्री आउने यो पवित्र तिर्थस्थलमा फोहोरको व्यवस्थापनसमेत राम्रोसँग हुन सकेको छैन । मन्दिर परिसर सफा गर्न पशुपति क्षेत्र विकास समितिले समेत चासो दिएको छैन । 

सांस्कृतिक सम्पदाअन्तर्गत पशुपतिनाथ मन्दिर युनेस्को विश्व सम्पदा क्षेत्रअन्तर्गत पर्छ । सन् १९७९ मै युनेस्कोले पशुपतिनाथ मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको हो । तर, संरक्षण अभावमा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा अस्तव्यस्त अवस्थामा पुगेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement