काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने उर्जा मन्त्रालयको निर्णयको विरोध भएको छ ।
प्राधिकरणलाई कमजोर बनाउन र कुलमान घिसिङलाई हटाउने षडयन्त्र गरेर स्पष्टीकरण सोधिएको भन्दै बैठकमा सदस्यहरुले विरोध गरेका थिए । सरकारले हटाउन खोजे त्यसको प्रतिकार गर्नुपर्ने प्रस्ताव पनि बैठकमा सदस्यहरुले गरेका छन् ।
आजको बैठकमा कतिपय नेताहरुले विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।