'...यस्तै हो भने तेस्रो जनआन्दोलन हुन्छ' तर के का लागि ?

पुस २४, २०८१ |विकास थपलिया
'...यस्तै हो भने तेस्रो जनआन्दोलन हुन्छ' तर के का लागि ?

सरकार, राजनीतिक दल र नेताप्रतिको भरोसा टुटेको तथा देशभित्र आफ्नो सन्ततिको भविष्य सुरक्षित नदेखेपछि मातृभूमि छोडेर विदेश पलायन हुनेहरूको संख्या निरन्तर बढ्दो छ । 

गत वर्ष मात्र ७५ हजार नेपालीले सदाका निम्ति देश छाडेका छन् । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । मुद्रास्फीति बढेको छ । लगानीको वातावरण छैन । वैदेशिक लगानी न्यून छ । व्यापार घाटा कहालीलाग्दो अवस्थामा छ । पुँजीगत खर्च अत्यन्त न्यून छ । ऋणको भार निकै बढेको छ । राजस्व घटेको छ, राजस्वले चालू खर्च समेत धान्न नसक्ने अवस्था छ ।

ऋणको सावाँ ब्याज तिर्न पनि ऋण लिनुपर्ने अवस्था छ । यही अवस्था रहने हो भने केही वर्षपछि सरकारले कर्मचारीको तलब, पेन्सन तथा सर्वसाधारणको सामाजिक सुरक्षा भत्ता दिन नसक्ने अवस्था आउने विश्लेषण गरिँदैछ । केवल रेमिट्यान्सबाट अहिलेको अर्थतन्त्र धानिएको छ । आमजनता मिटरब्याजी तथा लघुवित्त र सहकारीबाट पीडित छन् । अनि मुलुक सुशासनमा विश्वकै कमजोर अवस्थामा छ । तर, भर्खरै भएको सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डामा देश र जनताका समस्यालाई ओझेलमा राखेर आफ्नै पार्टी र शक्तिको लेखाजोखामा केन्द्रित भए । उता नेपाली कांग्रेसको ध्यान पनि सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर नजाओस् भन्नेमै छ ।

कांग्रेस र एमालेले राजनीतिक स्थिरता, सुशासन र आर्थिक समृद्धिका जुन वाचा गरेर सत्ता- गठबन्धन गरेका थिए, त्यसबाट उनीहरू बरालिन थालेका छन् । यस्तोमा हामी आम-जनताका मुद्दा उठाउने कसले हो ? के प्रमुख दल र शीर्ष नेतालाई देश र जनताको माया छैन ? नेता बने, नेपाल किन बनेन ? किन नेताहरु सत्ता केन्द्रीत राजनीति गर्छन् ? सरोकारको आजको अंकमा हामी यिनै विषयमा केन्द्रीय हुनेछौँ । यसका लागि आज हामीले स्टुडियोमा निम्त्याएका छौँ- नेपाली कांग्रेसका नेता - चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका नेता - राम कार्की र नागरिक समाजका अगुवा - भोजराज पोखरेल ।  


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement