‘नेपालमा यति धेरै माननीय किन चाहियो ?’

पुस २४, २०८१ |विकास थपलिया
‘नेपालमा यति धेरै माननीय किन चाहियो ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य संख्या कटौती गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कान्तिपुर टेलिभिजनको कार्यकम ‘सरोकार’मा कांग्रेस नेता भण्डारीले शासन व्यवस्थाका संरचनागत त्रुटीहरु परिवर्तन आवश्यक भएको बताउनुभएको हो । ‘यति धेरै सांसद प्रदेशमा किन चाहिँयो ? १६/१६ जना भन्दा बढी चाहिँदैन,’ उहाँले भन्नुभयो ।  

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य राम कार्कीले नेताहरुले आफ्नो आचरणबाट सन्देश दिनसक्नुपर्ने बताउनु भयो । ‘२०६४ साल तिर सबैले प्रचण्डले जस्तै कपाल कोर्ने गर्थे तर अहिले त्यस्तो छ त ?’ उहाँले भन्नुभयो ।   

नागरिक समाजका अगुवा भोजराज पोखरेलले वर्तमान व्यवस्था जोगाउन र जनताको अवस्था परिवर्तन गर्न नयाँ नेतृत्व आवश्यक भएको बताउनुभयो ।

कार्यक्रम ‘सरोकार’ आज राति ९ बजे प्रसारण हुनेछ । कार्यक्रम कान्तिपुर टिभीको एप, युट्युव लगायतका सामाजिक प्ल्याटफर्ममा पनि हेर्न सक्नुहुनेछ ।


Image

विकास थपलिया

थपलिया कान्तिपुर टेलिभिजनमा समाचार प्रस्तोता एवं कार्यक्रम सञ्चालकका रुपमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement