
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रदेशसभातर्फको समानुपातिक सांसदको नाम टुंग्याएको छ ।
पार्टीको शुक्रबार र शनिबार दुई दिन चलेको केन्द्रीय पदाधिकारीको बैठक शनिबार सकिएको हो । पार्टीले मधेसबाट प्रतिनिधित्व हुने गरी प्रतिनिधिसभामा समानुपातिकतर्फ उमरावती यादवलाई प्रतिनिधिसभामा पठाउने निर्णय गरेको छ । प्रदेशसभामा समानुपातिकतर्फबाट लुम्बिनी प्रदेशमा राजु नेपालीलाई पठाउने निर्णय गरेको छ ।
बैठकले भर्खरै सम्पन्न निर्वाचनबारे प्रदेशहरुबाट रिपोर्टिङ र समीक्षा हुनुका साथै वर्तमान राजनीतिक सन्दर्भमाथि छलफल गरेको छ । बैठकले पार्टीको आगामी कार्ययोजना, रणनीति र पार्टी एकताबारे निर्णय गर्न पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको छ ।
नेसपाका उम्मेदवारहरुमध्ये सर्लाही २ मा प्रतिनिधिसभा सदस्यमा महिन्द्र राय यादव विजयी भएका छन् भने प्रदेशसभातर्फ सिन्धुली र गोरखामा क्रमश: गंगा श्रेष्ठ र फणीन्द्र देवकोटा विजयी भएका छन् ।
यी हुन् नेकपा एमालेका सातै प्रदेशका समानुपातिकतर्फका ७० सांसद (नामसहित)
यी हुन् नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभातर्फका समानुपातिक सांसद
लोसपाका प्रदेशसभामा समानुपातिकतर्फ छानेका यी हुन् ३ सांसद (नामसहित)
नेपाल समाजवादी पार्टी पनि छान्यो समानुपातिकतर्फका सांसद
यी हुन् प्रदेशतर्फ एकीकृत समाजवादीबाट समानुपातिकमा पर्ने ९ सांसद