मलेसियामा बन्धक मनदय सदाको शव नेपाल ल्याउने प्रक्रिया सुरु

वैशाख ७, २०८३ |सुमन पन्थ
मलेसियामा बन्धक मनदय सदाको शव नेपाल ल्याउने प्रक्रिया सुरु

काठमाडौं । मलेसियामा अलपत्र सप्तरीका मनदय सदाको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।

सदाले काम गरिरहेको कम्पनी टाफाडोल सेक्युरटीले शव नेपाल ल्याउने खर्चे व्यर्होर्न सहमति जनाएको मलेसियास्थित श्रम सहचारी कृष्णप्रसाद भुषालले जानकारी दिनुभयो । 

सदाले आफ्नो उपचारका लागि अर्को साथीको राहदानी प्रयोग गर्नुभएको खुलेको छ । अवैध रुपमा बसेका श्रमिकले सहजै उपचार नपाउने भएपछि उहाँले साथीको राहदानी प्रयोग गर्नुभएको थियो । 

कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल आइपुग्ने दूतावासले जानकारी दिएको छ ।

सम्बन्धित समाचार :

विदेशमा नेपालीको पीडा : मलेसियामा शव बन्धक, दुबईमा एक बेपत्ता

मलेसियामा शव बन्धक : श्रम स्वीकृति नभएकाले शव फर्काउन दूतावासलाई सकस


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।