ईस्तराम प्रजाको परिवारसँग सांसद तामाङको भेट, घर र नागरिकताको पहल गर्ने प्रतिबद्धता

चैत्र १५, २०८२ |पोषनाथ अधिकारी
ईस्तराम प्रजाको परिवारसँग सांसद तामाङको भेट, घर र नागरिकताको पहल गर्ने प्रतिबद्धता

धादिङ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आशिका तामाङले दुई पुस्तादेखि ढुङ्गामुनि जीवन जिईरहेका धादिङ बेनीघाट रोराङका ईस्तराम प्रजाको परिवारलाई भेट गर्नु भएको छ ।

सोमबार कान्तिपुर टेलिभिजनमा दुई पुस्तादेखि ओडारमा जिवन जिईरहेका ईस्तराम र उहाँको परिवारको समाचार प्रसारण भएको थियो । सोहि समाचार हेरपछि चेपाङ परिवारलाई भेट्न तामाङ ईस्तरामको परिवार बसिरहेको बेनीघाटको मैवाङ पुग्नु भएको हो । 

उहाँले चेपाङ परिवारको बसाइ देखेर दु:ख लागेको भन्दै अब नागरिकहरू नागरिकता र घरवारविहीन भएर बस्न नपराेस् भनि संसद्‌मा जोडदारसँग यो विषय उठान गर्ने बताउनु भयो । उहाँले समाचारपछि नागरिकता बनाउने प्रक्रिया अघि बढेको थाहा पाए पनि यसलाई छिटो गरी तत्काल सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु पर्ने बताउनु भयो भने काठमाडौं बौद्धका तुलसी श्रेष्ठले थाल्नु भएको घर निर्माणमा सबैले हातेमालो गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

ईस्तरामको परिवारको दु:ख देखेर ईस्तरामको छोरा सुब्बा र बुहारी विष्णु मायाँको नाममा दुई रोपनि जग्गा खरिद गरी घर निर्माण सुरू भएको छ ।

सम्बन्धित समाचार :

घर नहुनेलाई न नागरिकता, न त सरकारकै भर

कान्तिपुर समाचारकाे प्रभाव : ओडारमा बस्दै आएका प्रजा दम्पतीलाई नागरिकता दिलाउने प्रक्रिया सुरू

दुई पुस्तादेखि ओडारमा बाँचिरहेका धादिङका इस्तराम प्रजाको परिवारले पाउने भए घर


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।