धादिङ । दुई पुस्तादेखि ढुङ्गामुनी जीवन जिईरहेका धादिङ बेनीघाट रोराङका ईस्तराम प्रजा र उनकी श्रीमतीलाई नागरिकता दिलाउन जिल्ला प्रसासन कार्यालय धादिङले प्रक्रिया अघि बढाएको छ ।
सोमबार कान्तिपुर टेलिभिजनमा दुई पुस्तादेखि ओडारमा जिवन जिईरहेका ईस्तराम र उनको परिवारको समाचार प्रसारण भएको थियो । समाचारमा ईस्तरामका छोरा बुहारीको नागरिकता बनेको भए पनि ईस्तराम र उनका श्रीमतीको नागरिकता समेत नबेनेको उल्लेख गरिएको थियो ।
सोही आधारमा जिल्ला प्रसासन कार्यालय धादिङले छोराको नागरिकताको आधारमा अभिलेख खोज्दा ईस्तरामको नागरिकता बनेको नभेटिएपछि वडा कार्यालयसँगको समन्वयमा ईस्तराम र उनकी श्रीमती विखिमायाँलाई नागरिकता दिलाउन प्रक्रिया अघि बढाएको हो ।
ईस्तराम प्रजा, उनकी श्रीमती विखिमायाँ, छोरा सुब्बा र बुहारी विष्णुमायाँ बेनीघाट रोराङ गाउँपालिका ९ मैवाङको यो ओडारमा बस्दै आएका छन् । नागरिकता नभएकै कारण उनीहरूले सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिन समेत बञ्चित छन् । यता वेनीघाट रोराङ गाउँपालिकाले पनि उनीहरूबारे चासो व्यक्त गरेको छ ।
सम्बन्धित समाचार :