सिरहा-३ का जसपा नेपालका उम्मेदवार यादव रिहा

फाल्गुन २०, २०८२ |विनय आजाद
सिरहा-३ का जसपा नेपालका उम्मेदवार यादव रिहा

सिरगा । सिरहा-३ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार अशेश्वर यादव रिहा हुनुभएकाे छ । 

उहाँ मंगलबार राति सिरहाबाट ४ लाख ८७ हजार रूपैयाँसहित पक्राउ पर्नुभएकाे थियाे । प्रहरीले उहाँसँगै उहाँको गाडीमा सवार अन्य चार जनालाई पनि पक्राउ गरेको थियो । अन्य प्रक्रिया अगाडी बढाउन अघि तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन पाउन गरी उहाँलाई रिहा गरिएको मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले बताउनुभयाे ।

तर, गाडीबाट बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई नियन्त्रणमै राखिएको छ । यादवले स्पष्टीकरण दिएपछि यस विषयमा के हुने भन्ने कुरा टुंगो लाग्ने उप्रेतीले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार : 

मौन अवधिमा अवाञ्छित गतिविधि गर्ने उम्मेदवारहरू पक्राउ


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।