इनरूवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झन्डा

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
इनरूवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झन्डा

काठमाडौं । सुनसरीको इनरूवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा फहराइएको छ ।

इनरूवाको वडा नम्बर ७ मा निर्माणाधीन ग्रिन सिटी पार्कभित्र २ सय १० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणकाबीच इनरूवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा राखिएको छ । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी अग्लो उचाइमा राखिएको नेपालको राष्ट्रिय झन्डाका झन्डाेत्तोलन गरिएको थियो । 

ग्रीन सिटी परियोजनाअन्तर्गत इनरूवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा राखेको डीएन ग्रुपले अग्लो राष्ट्रिय झन्डासहित निर्माणाधीन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरूले इनरूवाको पर्यटन र विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.