कोशी प्रदेशमा दलित ऐन आउनुपर्ने अधिकारकर्मीहरूकाे माग

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशमा दलित ऐन आउनुपर्ने अधिकारकर्मीहरूकाे माग

विराटनगर । अधिकारकर्मीहरूले कोशी प्रदेशमा दलित ऐन आउनुपर्ने माग राखेका छन् ।

वक्ताहरूले विभेद, असमानता, छुवाछुत, कानुनीरुपमा नभए पनि व्यवहारिकरुपमा भएकाले त्यसको अन्त्यका लागि ऐन आवश्यक भएकोमा जोड दिएका हुन् । 

 २०६३ साल जेठ २१ गते नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा, २०६८ साल जेठ १८ गते जातीय भेदभावविरुद्धको कानुन आए पनि विभेद र छुवाछुत कायममै रहेकोमा उनीहरूले असन्तुष्टि जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.