रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर तयार, रूटबारे नेपाल अनविज्ञ

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर तयार, रूटबारे नेपाल अनविज्ञ

काठमाडौं । भारतको रेल मन्त्रालयले रक्सौल-काठमाडौं -रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिएको छ ।

भारतीय संचार माध्यम "द इन्डियन एक्सप्रेसका अनुसार" रेलमार्ग परियोजनाको अन्तिम स्थान सर्वेक्षण सम्पन्न गरी डीपीआर तयार पारेको हो । गत वर्ष नै रेलमार्गको रूट तथा एलाइनमेन्टका विषयमा नेपाली पक्षसँग राय मागेको थियो । नेपाली पक्षले दिएका सुझाव समेटियो समेटिएन भन्ने विषयमा नेपालको रेल विभागका अधिकारीहरूले अनविज्ञता प्रकट गरे । 

कुन कुन रूट हुँदै अन्तिम रूप दिइयो भन्ने विषयमा भारतीय पक्षसँग कुराकानी हुने रेल विभागका महानिर्देशक हरि पोखरेलले कान्तिपुर समाचारलाई जानकारी दिनुभयो । नेपाल सरकार र भारत सरकार बीच ७ अप्रिल २०१८ मा रेल सञ्जाल विस्तार गर्न सहमती गरेको भएको थियो । 

भारतको सिमावर्ती सहर रक्सौललाई काठमाडौंसँग जोड्ने गरी निर्माण गर्न सम्झौता गरेको हो । करिब १४० किलोमिटर रेल भारतले अनुदानमा बनाइदिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.